१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दिल्लीमा जी-२० सम्मेलन, अन्य सबै देशका रास्ट्र प्रमुखहरु उपस्थित हुँदा चाइनका रास्ट्रपति आएनन



भारतको नयाँदिल्लीमा जी-२० सम्मेलन सुरु भएको छ । जी-२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध रहेका छन् । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक सहित सम्पूर्ण २० देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी भएका छन् भने चाइनाका रास्ट्रपति सी जिन पिङ् भने उपस्थित छैनन्। चाईनाको प्रतिनिधित्व गर्दै चाइनाका प्रधानमन्त्री लि कच्याङको उपस्थिति रहेको छ। 

सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको पहिलो दिन २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको वर्तमान र भविष्यका बारेमा छलफल गर्नेछन् ।सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ ।कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन् । उनले जी-२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्।

उनले कोरोना महामारीलाई विश्वका सबै राष्ट्र मिलेर समाधान गर्न सफल भएको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

ताजा समाचार