१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमजीको ईभी किन्ने ग्राहकलाई नयाँ बर्षमा अफर नै अफर


MG EV New Year Offer

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक तथा आयातकर्ता पारामाउन्ट मोटर्सले नयाँ वर्षको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना ल्याएको हाे ।

यो योजना अन्तर्गत ग्राहकले सात लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले निःशुल्क टायर, सात किलोवाटको एसी चार्जर, र चालु आर्थिक वर्षको सडक करमा छुट लगायतका लाभ समेत लिनसक्ने कम्पनीले जनाएको छ ।
 

यो अफरले ग्राहकलाई एमजी गाडी खरिद गर्न थप प्रोत्साहन गर्ने अपेक्षा कम्पनीले राखेको छ । अहिले नेपालमा एमजी ४ ईभी, जेडएस ईभी, कोमेट ईभी गरी तीन मोडेलमा विद्युतीय सवारी साधन बिक्री गर्दै आएको छ ।

यो अफर देशभर रहेका २१ ओटा एमजी शोरुमहरूमा उपलब्ध हुने बताइएको छ । ग्राहकले आफ्नो नजिकैको शोरुममा गएर अफरबारे थप जानकारी लिनसक्ने छन् । 

ताजा समाचार