भुक्तानी सेवा प्रदायक प्ल्याटफर्म इसेवामा समस्या देखिएको छ । केही समयदेखि एपमार्फत भुक्तानी कारोबार हुन सकेको छैन। आफ्नो सामाजिक संजालहरुमा एक सूचना जारी गर्दै कम्पनीले प्राविधिक कठिनाइका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको जानकारी दिएको छ । समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा जुटेको उल्लेख गर्दै कम्पनीले सेवा अवरुद्ध हुँदा ग्राहकले भोग्नुपरेको असुविधाका लागि माफी मागेको छ ।
“प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं । हाम्रो प्राविधिक टोली चाँडो भन्दा चाँडो यसको समाधान गर्न सक्रिय रूपमा लागि परेको छ । यसबाट पर्न जाने असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र यस समयमा तपाईँको धैर्य र सहयोगको अपेक्षा गर्दैछौं,” कम्पनीले आफ्नो आधिकारिक सामाजिक संजालमा प्रेषित सूचनामा भनेको छ ।