१३ चैत्र २०८१, बिहीबार | March 27, 2025

टाटाको नयाँ एसयूभी कर्भ ईभी नेपाली बजारमा, मूल्य कति?


Tata Curvv EV

सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा टाटा मोटर्सले नेपालमा आफ्नो पछिल्लो प्रोडक्ट एसयूभी कर्भ ईभी सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त ईभी सार्वजनिक भएको हो ।
कर्भ ईभी एरोडाइनामिक डिजाइनमा रहेको छ ।  यसमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री र ९८ किलोवाटको मोटर राखिएको छ । चार्जिङको लागि ७.२ किलोवाटको एसी होम वाल बक्स चार्जर उपलब्ध गराइएको छ भने १० देखि ८०% चार्ज गर्न ४० मिनेट मात्र लाग्ने डीसी फास्ट चार्जर सपोर्ट समेत रहेको छ ।

Tata EV charging

कर्भ ईभीले ४०० देखि ४२५ किलोमिटरसम्मको रेञ्ज दिने दाबी कम्पनीले गरको छ । उत्कृष्ट इन्टेरिअर डिजाइन रहेको यस ईभीमा ३१.२४ सेन्टिमिटरको सिनेम्याटिक टचस्क्रिन एन्फोटेन्मेन्ट प्रणाली र २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट राखिएका छन् । ईभीको सुरक्षाको लागि दोस्रो तहको एड्भान्स्ड ड्राइभिङ असिस्टेन्ट सिस्टम (एडीएएस) राखिएको छ । त्यस्तै कारमा रहेका ६ ओटा एयरब्याग, सबै पाङ्ग्रामा राखिएका डिस्क ब्रेक आई-भीबीएसीले थप सुरक्षाको सुनिश्चितता गर्छ ।कर्भ ईभीमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) सहित इन्टेलिजेन्ट भ्याकुम-लेस बुस्ट र एक्टिभ कन्ट्रोल (आई-भीबीएसी) सेफ्टी फिचर पनि उपलब्ध छ । हिल होल्ड असिस्ट क्षमताले यो कारलाई नेपालका लागि थप उपयुक्त बनाउने दाबी गरिएको छ ।

Tata Curvv Dashboard

यो कार नेपाली बजारमा ५६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछन् । यसअघि टाटाले नेक्सन के ३ र टियागो ईभी पनि नेपालमा सार्वजनिक गरिसकेको छ ।

ताजा समाचार