१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘गुगल पिक्सेल ८’ सिरिज सार्वजनीक, आइफोन १५ लाई टक्कर दिने चर्चा



आज बुधबार गुगलले आफ्नो नयाँ स्मार्टफोन “गुगल पिक्सेल ८” सिरिज लन्च गरेको छ। नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि सुरु भएको ‘मेड बाई गुगल’ कार्यक्रममा पिक्सेल ८ सिरिजसँगै पिक्सेल वाच टु र अन्य उत्पादन सार्वजनिक भएको हो।
 
कम्पनीले नयाँ सिरिजका फोनमा क्यामरामा धेरै फोकस गरेको बताएको छ। त्यस्तै फोटो र भिडीयो इडिटिङ्गको लागि गुगलका यी सिरिजमा धेरै महत्वपूर्ण फिचरहरु राखिएको छ। “गुगल पिक्सेल ८” सिरिज अन्तरगत गुगलले दुइ भेरिएण्टका स्मार्टफोनहरु “गुगल पिक्सेल ८” र “गुगल पिक्सेल ८ प्रो” ल्याएको छ, जसमा Tensor G3 प्रोसेसर प्रयोग गरिएको छ। 
 

गुगलले पिक्सेल ८ सिरिजको फोनलाई अहिलेसम्मकै स्तरीय पिक्सेल क्यामेरा भएको फोनका रूपमा चर्चा गरिएको छ । त्यस्तै फोनमा इन्ट्रिगेट भएको गुगल एआईको सहायताले अन्य काम छिटो र सहजै गर्न सकिने कम्पनीले जनाएको छ ।

चर्चामा आए अनुसार फोनबाट खिचिएको भिडिओलाई स्टेबलाइज गर्न, अडियोलाई स्तरीय बनाउन तथा भिडिओको क्वालिटी आकर्षक बनाउन त्यसमा आकर्षक फिचरहरू समावेश गरिएका छन् । पिक्सेल ८ प्रोमा ६.७ इन्चको डिस्प्ले छ, त्यस्तै उक्त फोनमा ५० मेगापिक्सेलको वाइड लेन्स, ४८ मेगापिक्सेलको म्याक्रो फोकस सहितको अल्ट्रावाइड क्यामेरा र फाइभ एक्स टेलिफोटो लेन्ससहितको ४८ मेगापिक्सेल सेन्सर हुने बताइएको छ । यो टेलिफोटो क्यामेराबाट पाँच गुणा जुम क्षमताको फोटो तथा भिडिओ खिच्न सकिने बताइएको छ ।

पिक्सेल ८ मा भने ६.१७ इन्चको डिस्प्ले, ५० र १२ मेगापिक्सेलको डुअल क्यामेरा भएको कम्पनीले बताएको छ । दुवै मोडलमा १०.५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने बताइएको छ, जसले अझै राम्रो र गुणस्तरिय सेल्फी लिने बताइएको छ ।कम्पनीका अनुसार दुबै मोडेलमा फोटोलाई स्तरीय बनाउन एआई इन्ह्यान्स्ड फ्री र प्रयोगकर्ताको शरीरको तापक्रम ट्रयाक गर्न टेम्प्रेचर सेन्सर समावेश गरिएको छ । अन्तरास्ट्रिय बजारमा गुगलका यी स्मार्टफोनहरुले भर्खरै सार्वजनिक आइफोन-१५ लाइ टक्कर दिने चर्चा पनि गरिएको छ। 

ताजा समाचार