१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महावीर पुनको पुस्तक ६ महिनामै ८४ हजार प्रति बिक्री, कति भयो त आमदानी?



राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ८४ हजारभन्दा बढी प्रति बिक्री भएको छ । गत असोजमा सार्वजनिक भएको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ६ महिनाको अवधिमा यो सङ्ख्यामा बिक्री भएको हो । पुन स्वयं किताब बेच्न विभिन्न सहर घुमिरहेकाछन्। 

सामाजिक सञ्जालमा एक पोस्ट राख्दै पुनले पुस्तक बिक्रीबाट पाँच करोड रुपैयाँ जति कमाइ भएको जानकारी दिएका छन् । पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने योजना उनले कहिँ समय अगाडी सामाजिक संजाल मार्फत नै सार्वजनिक गरेका थिए। 

कसैले विश्वास गर्दै नगर्दा पनि आफूले आफ्नो आत्मकथाको किताब बेचेर ३० वर्षसम्म बन्द भएको उक्त कवाडी कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरिरहेको उनले उल्लेख गरेका छन् ।

पुनले १०० दिनसम्म विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका हुन् र अझै देशै भर पुगेर आफ्नो किताब बेच्ने उनको योजना रहेको छ। राम्रो काम गर्न लागेको भन्दै उनको पुस्तक आम जनताले सहजै किनेर सहयोग गरिरहेका छन्। पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ । उनको पुस्तक नेपालमा मात्र नभएर विदेशबाट पनि माग भइरहेको छ ।

ताजा समाचार