१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालमा फागुनमा मात्र भित्रिए झन्डै २ अर्ब रुपैयाँ बराबरका स्मार्टफोन


Smart Phones in Nepal

भन्सार विभागले हालै जारी गरेको तथ्यांक अनुसार विदेशबाट फागुन महिनामा कुल एक अर्ब ९९ करोड चार लाख रूपैयाँ बराबरका स्मार्टफोन भित्रिएकाे छ। तथ्यांक हेर्दा फागुन महिनामा मात्रै नेपालमा करिब दुई अर्ब रूपैयाँ बराबरका स्मार्टफोन आयात भएको देखिन्छ । 

फागुन  महिनामा मात्रै सबै ब्राण्ड गरेर कुल एक लाख २२ हजार ७३४ थान फोन नेपाल आयात भएका छन् । विभागका अनुसार चालू आर्थिक वर्ष २०८०-८१ को पहिलो आठ महिना (साउनदेखि माघसम्म) मा १९ अर्ब ३७ करोड ७७ लाख रूपैयाँभन्दा बढीको १२ लाख ४९ हजार ४८१ थान​ स्मार्टफोन आयात भएका छन्, जुन आव २०७९-८० को साेही अवधिकाे तुलनामा बढी हो । गत आवकाे पहिलो आठ महिनासम्म १६ अर्ब ६० करोड रूपैयाँ बराबरका १० लाख ९४ हजार ८८९ थान स्मार्टफोन भित्रिएका थिए ।

नेपालमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनबाट मोबाइल आयत भएको छ । त्यस्तै दोस्रो धेरै मोबाइल आयात हुने देशमा भारत छ 

ताजा समाचार