१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चीनले लगायो आइफोन प्रयोगमा प्रतिबन्ध: एप्पलले २ दिनमै गुमायो २ खर्ब डलर



चीनले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० बिलियन अमेरिकी डलर गुमाएको छ। एप्पलका लागि चीन तेस्रो ठूलो बजार हो र गतवर्ष एप्पलले कूल आम्दानीको १८ प्रतिशत आम्दानि चीनबाटै गरेको थियो । साथै एप्पलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको फक्सकन कम्पनीले सबैभन्दा धेरै उत्पादन चीनमै गर्ने गरेको छ ।

बुधबार वाल स्ट्रिट जर्नलले चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त जर्नलका अनुसार चीनले विदेशी प्रविधिमाथिको निर्भरता कम गर्ने नीतिअनुसार सरकारी निकायहरूमा आइफोनलगायत विदेशी डिभाइस प्रयोग गर्न प्रतिवन्ध गरेको हो। 

उक्त रिपोर्ट सार्वजनिक भएसँगै आइफोनको सेयरमा २.९ प्रतिशतले गिरावट आएको छ।बिहीबार एप्पलको सेयरमा यस्तो गिरावट आएको सिएनएनले जनाएको छ। विश्वको निकै महत्वपूर्ण सार्वजनिक कम्पनीको यस्तो विषय बाहिरिएसँगै लगानीकहरूर्ता चिन्तित देखिएको उल्लेख छ। 

एप्पल कम्पनी विश्वमै शेयर बजारमा सर्वाधिक बजार मूल्य भएको कम्पनी हो, जसको बजार मूल्य करिब २.८ ट्रिलियन डलर रहेको छ ।एप्पलको शेयरमा गिरावटसँगै यसका अन्य विभिन्न आपूर्तिकर्ता कम्पनीको शेयर मूल्यमा पनि असर परेको छ ।

स्मार्टफोन चिपको सबैभन्दा ठूलो आपूर्तिकर्ता कम्पनी क्वालकोमको बजार मूल्य बिहीबार ७ प्रतिशतले गिरावट आउँदा शुक्रबार दक्षिण कोरियाली एसके हिनिक्सको शेयर मूल्यमा ४ प्रतिशतले गिरावट आएको छ ।

पछिल्लो समय प्रविधि क्षेत्रमा अमेरिका र चीनबीचको तनाव निरन्तर रुपमा बढिरहेको छ र दुबै पक्षबीच एक अर्कामाथि बन्देज लगाउने होडबाजी चलेको छ ।यो वर्ष अमेरिकासँगै जापान तथा नेदरल्याण्ड्सले कतिपय सेमिकण्डक्टर प्रविधिमाथि चीनको पहुँचमा बन्देज लगाएका छन् ।

यसको बदला स्वरुप चीनले सेमिकन्डक्टर उद्योगका लागि आवश्यक दुई मुख्य पदार्थको अमेरिका निर्यातमा बन्देज लगाएको छ । साथै बेइजिङले स्वदेशी चिप उद्योगको प्रबद्र्धनका लागि ४० अर्ब डलरको लगानी कोष स्थापनाको तयारी गरिरहेको छ ।

ताजा समाचार