१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारत-क्यानडा कुटनैतिक तनाव: अर्थतन्त्रमा पर्न सक्छ गम्भीर संकट



क्यानडा र भारतबीच बढ्दो तनावले कारोबार जगतमा चिन्ता बढेको छ। ठूला व्यापार साझेदारी भएका देशहरुबीचको कूटनीतिकस्तरमा चलिरहेको विवादले क्यानडामा सञ्चालित भारतीय कम्पनीहरुका लागि समस्या सिर्जना गर्ने सम्भावना रहन्छ। ती कम्पनीहरुले त्यहाँ गरेको ठूलो लगानीमा संकट पर्न सक्छ।

यसै वर्षको मे महिनामा भारतीय उद्योग परिसंघ (सीआईआई)ले ‘फ्रम इन्डिया टु क्यानडाः इकोनोमिक इम्प्याक्ट एन्ड इन्गेजमेन्ट’ नामक एक प्रतिबेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनका अनुसार क्यानडामा ३० भारतीय कम्पनीको उपस्थिति छ र ती कम्पनीमा झन्डै ४० हजार ४४६ करोड रुपैयाँ लगानी रहेको छ। क्यानडामा व्यापार गर्ने भारतीय कम्पनीमार्फत १७ हजारभन्दा बढीले रोजगारी पाएका छन्। यी कम्पनीको अनुसन्धान तथा विकास खर्च पनि ७० करोड क्यानेडियन डलर रहेको बताइएको छ। यस प्रतिवेदनमा क्यानडामा भारतीय व्यापार बढिरहेको दाबी गरिएको थियो। जुन दुवै देशका अर्थतन्त्रको हितमा छ।

तर अहिले भारत र क्यानडाबीचको तनाव बढ्दै गएपछि त्यहाँ कारोबार गरिरहेका कम्पनीको व्यापारको असर पर्ने सम्भावना बढेको छ।

ताजा समाचार