१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विश्वको सबै भन्दा ठुलो निर्यात-कर्ता चाइना, सन २००९ देखि निरन्तर शिर्ष स्थानमा



विश्व व्यापार संगठनले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार विश्वका प्रमुख निर्यात-कर्ताहरुको सुचीमा सन २०२२ मा पनि चाइना नै पहिलो नम्बरमा आएको छ। श्रोतका अनुसार चाइना कुल विश्व निर्यातको झन्डै १४% अर्थात ३.६ खरब अमेरिकी डलर बराबरको निर्यात गर्दै पहिलो नम्बरमा रहन सफल भएको हो। सन २००९ देखि चाइना लगातार उक्त सुचीमा शिर्ष स्थानमा रहन सफल रहेको छ।

तथ्याङ्कका अनुसार सन २०२२ मा विश्व भरिमा झन्डै २५ खरब अमेरिकी डलर बराबरको सामान कुल निर्यात भएको थियो। जस मध्य शिर्ष ११ मुलुकहरुले विश्वको आधा भन्दा धेरै १२.८ खरब अमेरिकी डलर बराबरको सामान निर्यात गरेका थिए भने अन्य बाँकी देशहरुको कुल निर्यात जम्मा १२.१ खरब अमेरिकी डलर बराबरको रहेको थियो।

उक्त सुचीमा चाइना पछि क्रमश: अमेरिका, जर्मनी, नेदरल्याण्ड, जापान, साउथ कोरिया, इटाली, बेल्जियम, फ्रान्स, हङकङ लगायतका देश रहेका छन्। त्यस्तै अर्को छिमेकी मुलुक भारतको भने जम्मा ४५३.५ अरब अमेरिकी डलर बराबरको निर्यात रहेको छ।

ताजा समाचार