१२ श्रावण २०८१, शनिबार | July 27, 2024

५-जी पछि अब ६–जीको तयारीमा भारत र अमेरिका



इन्टरनेट संसारको पछिल्लो बिकसित चरण ५- जी पछि अब इन्टरनेट संसार ६–जी तिर अघि बढेको छ। त्यसै क्रममा भारतमा पनि ६–जीको तयारी सुरु भएको छ। संसारका धेरै देशले ६–जीमा अनुसन्धान सुरु गरेका छन्। टेलिकम क्षेत्रमा भारत र अमेरिकाबीच महत्वपूर्ण साझेदारी रहँदै आएको छ। यसै बीच एटीआईएसको नेक्स्ट जी एलायन्स र भारत ६–जी एलायन्सबीच एमओयूमा हस्ताक्षर भएको छ।

यस एमओयूअन्तर्गत दुवै गठबन्धनले ६–जी वायरलेस प्रविधिको क्षेत्रमा एक–अर्कालाई सहयोग गर्ने र नयाँ अवसरहरुको खोजी गर्नेछन्। एटीआईएसको नेक्स्ट जी एलायन्सले अमेरिकालाई ६–जी र त्यसपछिका दूरसञ्चार उद्योगमा बलियो बनाउने लक्ष्य राखेको छ। विशेषगरी यसको फोकस उत्तर अमेरिका हो।

भारतको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो गठबन्धनले ५–जी र ६–जी प्रविधिको विकास र अनुसन्धानमा एक–अर्कालाई सहयोग गर्नेछ।’ यो साझेदारीअन्तर्गत एक प्रमुख भारतीय टेलिकम अपरेटरले अमेरिकी निर्माताको ५–जी ओपन रेडियो एक्सेस सिस्टमको पायलट परियोजनामा भाग लिन सक्नेछ।’ 

ताजा समाचार