१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न शहरमा राइड शेयरिङ प्लेटफर्म ‘जाऔं’ सञ्चालनमा


Zaoou-Image

डेढ वर्षअघि पहिलो पटक सुनसरीको इटहरीबाट फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔं’ मधेस प्रदेशमा पनि विस्तार भएको छ । जाऔं सर्भिस प्रालिले नयाँ वर्षदेखि मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न शहरमा राइड शेयरिङ प्लेटफर्म ‘जाऔं’ सञ्चालनमा ल्याएको हो । 


नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔं’ले पहिलो पटक यो प्लेटफर्म प्रयोग गर्ने सेवाग्राहीलाई शत प्रतिशत क्याशब्याक सुविधा दिएको छ । शत प्रतिशत क्यास ब्याक अन्तर्गत यात्रुले पहिलो पटक जाऔंको सुविधा लिए बापत तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याकका रूपमा फिर्ता हुनेछ । यात्रु गन्तव्यमा पुगेपछि सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएपछि तत्कालै क्यास ब्याक हुने जनाइएको छ ।

Zaoou First Ride Cash Back

जाऔंको एप प्रयोग गरेर राइड सुविधा लिएबापत प्रत्येक यात्रामा कम्पनीले पोइन्ट प्रदान गरी वालेटमा सोही अनुसारको पैसा फिर्ता गरिदिने व्यवस्था समेत मिलाएको छ । राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्नेछन् ।

ताजा समाचार