१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्राईम कमर्सियल बैंकका सेयर धनि, कर्मचारी र ग्राहकलाई लेखनाथ सिटि हस्पिटलमा बिशेष छुट



प्राईम कमर्सियल बैंक र लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका विभिन्न सेवाहरुमा आफ्ना ग्राहक तथा बिरामीहरुलाई थप स्तरिय सुबिधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता पश्चात बैंकका विशेषगरि साबिक लेखनाथ, रुपागाउँपालिका, मादिगाउँपालिका, लम्जुङ, तनहुँ तथा गोर्खा जिल्लाका ग्राहकहरुले उच्चतम लाभलिन सक्नेछन् । यद्यपि यो छुट योजना प्राईम कमर्सियल बैंकका देशैभरिका ग्राहक तथा कर्मचारीहरुले उपयोग गर्न सक्नेछन् ।

प्राईम कमर्सियल बैंकका सम्पुरर्ण शेयर धनी , कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकका लागि हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवा जस्तै अपरेसन,पोस्टअप, आईसियु,ल्याब, औषधी, रेडियोलोजि, डेन्टल, क्याबिन, डिलक्स क्याबिन तथा जनरल वार्ड लगायतका विभिन्न सेवाहरुमा ५ देखी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हस्पिटलका प्रबन्धक बादल बस्नेतले बताए ।


त्यस्तै हस्पिटलका शेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले प्राइम बैंकले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमा प्राप्त गर्नेछन्।
आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवाप्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा साबिक लेखनाथको पहिलो तथा हाल पोखरा २६, बुढिबजार स्थित लेखनाथ सिटी हस्पिटलसँग सम्झौता गरिएको बैंकका दुलेगौंडा शाखा प्रबन्धक बिजय राज तिवारीले बताए।

समारोहमा लेखनाथ सिटी हस्पिटलका प्रबन्ध निर्देशक आकाश बस्नेत, प्राईम कमर्सियल बैंक बुढीबजार शाखाका रिलेसनसिप अफिसर महेश राज देवकोटा र दुलेगौंडा शाखाका क्रेडिट म्यानेजर अशिम पाण्डे लगायतका महानुभावहरुको सहभागीता रहेको थियो।  सम्झौता पत्रमा बैंकको तर्फबाट दुलेगौंडा शाखा प्रबन्धक बिजय राज तिवारी र हस्पिटलका तर्फबाट अध्यक्ष उदिप राज ढुंगानाले हस्ताक्षर गरेका हुन्।


हस्पिटलले २५ बेडमा रहेर बिना चिरफार प्वाल पारेर गरिने अपरेसन सेवा, सि-आर्मबाट हाडजोर्निको अपरेसन, स्तरिय ल्याब, कम्प्युटराइज्ड एक्सरे, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे, डेन्टल, आईसियु, पोस्टअप लगायतका बिभिन्न सेवाहरु प्रदान गर्दै आईरहेको छ।

ताजा समाचार