१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चर्चित युट्युबर मिस्टर बिस्टले मर्मत गरे सिन्धुलीकाे फिक्कल गाउँपालिकाको अस्पताल


Mr Beast Build Hospital

सर्वाधिक सब्स्क्राइबर भएका विश्वचर्चित युट्यूबर मिस्टर बिस्टले सिन्धुलीको फिक्कलमा रहेको एउटा अस्पताललाई सोलार बत्तीले झिलीमिली बनाइदिएका छन् । निर्माणाधीन अस्पतालमा ११ किलोवाटको सोलार जडान गरिएको ‘बिस्ट फिल्यान्थ्रोपी’ नामक युट्यूब च्यानलमा अपलोड गरेको भिडिओमा उल्लेख गरिएको छ ।
 
भिडियोमा सबैभन्दा पहिले सिन्धुलीकाे फिक्कल गाउँपालिकामा जाडो र उपचारका कारण आफ्नो बच्चा गुमाएकी निराको कथा देखाइएको छ । सो ठाउँमा निर्माणाधीन अस्पताल र त्यहाँका केही स्वास्थ्यकर्मी देखाइएको छ । भौगोलिक विकटताका कारण त्यस क्षेत्रमा विद्युत पुग्न सकेको हुँदैन । जसकारण स्थानीयहरू सामान्य औषधी-उपचारबाटै वञ्चित भएको देखाइएको छ । 
Mr. Beast Build Hospital
 
भिडियोमा उक्त अस्पतालमा पुगेर मिस्टर बिस्टको टिमले के कसरी काम गरेको थियो भन्ने वर्णन गर्छ । विद्युतको पहुँच नभएकाले राम्रो उपचार नपाउँदा यस ठाउँका मानिसहरु अकालमा मरिरहेको तथा महिलाहरुको गर्भ खेर गइरहेको पृष्ठभूमि देखाइएको छ ।

मिस्टर बिस्टको २०२३ को डिसेम्बरमा बिस्टको टीम नेपाल आएको थियो । के कामका लागि नेपाल आएको भन्ने कुरालाई गोप्य राखिएको थियो । त्यसबेलादेखि गरेको कामलाई आइतबार भिडियो बनाएर खुलासा गरिएको हो । मिस्टर बिस्टको टिमले ‘गिभ पावर’ नामक संस्थासँगको सहकार्यमा सोलान जडान गरेको हो ।

Mr. Beast Building Hospital in Nepal

सोलान जडान भएर बत्ति बलेको हेर्न गाउँलेहरु जम्मा भएका थिए । उक्त दृष्य पनि भिडियोमा समेटिएको छ । पहिलोपटक अस्पतालमा बत्ति बल्दा स्थानीय जनताहरु हर्षित बनेका थिए । 

बिस्टको परोपकारी टिमले विश्वका विभिन्न ग्रामीण, अविकसित भागमा स्वास्थ्य, शिक्षा उपलब्ध गराउन विभिन्न संस्थासँग सहकार्य गरिरहेको छ । यसपटक भने उक्त टिमले नेपालको ग्रामीण गाउँमा सुविधासम्पन्न अस्पतालका लागि काम गरेको छ ।
Mr. Beast Build Hospital in Nepal

मिस्टर बिस्टको उक्त भिडियो यहाँ हेर्नुहोस:

ताजा समाचार