युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।