१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सेयर बजारमा हरियो तरंग, के ले सकारात्मक भए त लगानीकर्ता?



बिगत लामो समय देखि सेयर बजार बियरिस ट्रेण्डमा चलिरहेको छ। ५२ कम्पनिको लिस्ट देखि १२ करोड मार्जिन कर्जा सिमा सम्मका विभिन्न कारणहरुले गर्दा सेयर बजार बियारिस ट्रेण्डमा झरेको लगानीकर्ताहरूको भनाई छ। तर यो हप्ता भने सेयर बजारमा केहि सकारात्मक लक्षणहरु देखिएका छन्। बिगत लामो समय देखि सेयर बजार ओरालो लाग्नुमा प्रमुख कारक मानिएको १२ करोड मार्जिन कर्जाको सीमामा राष्ट्र बैंक लचिलो हुने संकेतले नेप्से तरंगित बनेको आम लगानीकर्ताहरूको बुझाई छ। 

सो व्यवस्था परिवर्तन गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच भएको सकारात्मक छलफलले लगानीकर्ता पुन: आशावादी देखिएका छन्।  त्यसले बजार बुलिस ट्रेन्डमा हिड्न थालेको छ। सोमबारदेखि बजारमा निरन्तर वृद्धि देखिन्छ। सोमबार अर्थमन्त्रीले उक्त बिषयमा गभर्नरसँग छलफल गरेका थिए। छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारी सकारात्मक बनेपछि सोमबार बजार बढेको थियो।

मंगलबार भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको छलफलमा पनि गभर्नर अधिकारीले १२ करोडमा लचिलो बन्ने जनाउ दिएका थिए। राष्ट्र बैंक स्रोतका अनुसार शुक्रबार १२ करोडको सीमा परिमार्जनको निर्देशन आउने सम्भावना छ। ‘१२ करोड सीमा हटाउन गभर्नर तयार देखिनुभएको छ। शुक्रबारसम्म परिमार्जित निर्देशन आउनेछ,’ स्रोतले भन्यो।

यही सूचनाका कारण बिहीबार नेप्से ४४ अंक बढ्यो। यो चालु आर्थिक वर्षको मौद्रिक नीति यताकै सबैभन्दा फराकिलो वृद्धि हो। नेप्से २०२९.७८ को विन्दुमा उक्लिएको छ।

ताजा समाचार