३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

सतप्रतिसत हकप्रद मुख्य एजेण्डा सहित शिवश्री हाइड्रोको वार्षिक साधारणसभा आवहान



शिवश्री हाइड्रोपावरको सञ्चालक समितिको असोज २ गते मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्मको अर्थात ४ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैचोटी आह्वान गरेको छ। सभा काठमाण्डौको बसुन्धारास्थित यती इभेन्ट्स एन्ड कन्फ्रेन्स सेन्टरमा असोज २५ गते बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।

साधारण सभाले हाल कायम रहेको चुक्तापुँजीको १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

ताजा समाचार