१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेप्सेमा १११ अंकको उछाल, लगानीकर्तामा उत्साहा



चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । नेप्से परिसूचक आइतबार १११.२० अंकले बढेको छ । यो सँगै नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ। बजार बन्द हुँदा नेप्से १९६३.९८ बिन्दुमा आइपुगेको छ।

आइतबार १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै बजार बन्द गरिएको हो । बजार खुलेदेखि नै उत्साहजनक रुपमा बढेपछि तीन पटकसम्म सर्किट ब्रेक लागेर ६ प्रतिशतले बजार बढेपछि कारोबार बन्द गरिएको हो ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको, ब्याजदर घटाउने नीति लिएको छ । यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको जानकारहरुले बताएका छ।

आईतबारको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आईतबारको कारोबारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने ५ कम्पनीहरू मध्ये ४ हाइड्रो सेक्टरका र १ इन्सुरेन्स सेक्टरका कम्पनी रहेका छन्। 

करिब ३० कम्पनीको शेयर मूल्य सर्किट लेबलमा बढेको छ । तर यता २२७ कम्पनीको शेयर मूल्य बढ्दा ५ कम्पनीको घटेको छ ।कारोबार रकमका आधारमा माउन्टेन इनर्जीले ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ ।

ताजा समाचार