१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल टेलिकमको लाभांश घोषणा, कति दिने भयो त लाभांश?



नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैंठकले प्रति सेयर ४० रूपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्ष पनि ४० प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो।
प्रस्तावित लाभांश नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि कम्पनीको आगमी १६औं साधारण सभामा पेस गर्ने कम्पनीले निर्णय गरेको छ। मन्त्रालयको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् । टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । टेलिकमले अहिलेसम्म लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन ।

ताजा समाचार