१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सेयर बजारमा लाग्यो तीज, १३ वटै समूह राताम्मे



वाणिज्य बैंकहरुको असोजमा ब्याजदर बढाउने निर्णय आएपछि सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। आइतबार बजार ४२.१४ अंकले ओरालो लागेको छ। योसँगै नेप्से परिसूचक १९६४.९१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.१२ प्रतिशतले घटेर ३७८.६८ को विन्दुमा ओर्लेको छ।

आइतबार नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा राताम्मे छाएको छ। यस दिन व्यापार समूह सर्वाधिक ३.३३ प्रतिशतले घटेको छ। वित्त समूह ३.३० प्रतिशत, बैंकिङ समूहमा १.४२ प्रतिशत, विकास बैंक समूहमा २.५९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.२९ प्रतिशत, जलविद्युत समूहमा २.७९ प्रतिशत, लगानी समूहमा १.९१ प्रतिशत, जीवन बीमा समूहमा २.९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.६० प्रतिशत, लघुवित्त समूहमा १.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.३५ प्रतिशत, निर्जीवन बीमा समूहमा २.५९ प्रतिशत र अन्य समूहमा १.९९ प्रतिशतको गिरावट आएको छ। 

ताजा समाचार