४ भाद्र २०८३, बिहीबार | August 20, 2026

हिमालयन रिइन्स्योरेन्सलेले सवा ६ अर्बको आइपीओ ल्याउने तयारि



हिमालयन रिइन्स्योरेन्सले आइपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ। प्रति कित्ता २०८ रुपैयाँका दरले आइपीओ जारी गर्ने कम्पनीको योजना रहेको छ। कम्पनिले तीन करोड कित्ता आइपीओ निष्कासन गर्ने भएको छ, जसको मूल्य ६ अर्ब २४ करोड रुपैयाँ हुन आउँछ।

कम्पनिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा कम्पनीले आउँदो असारभित्रै आइपीओ निष्कासन गर्ने लक्ष्य लिएको उल्लेख छ। कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ। जारी पुँजी १० अर्ब रुपैयाँ हो। जसको ३० प्रतिशत रकम आइपीओ जारी गरेर चुक्ता पुँजी पुर्‍याउने कम्पनीको तयारी छ।

हिमालयन रिइन्स्योरेन्समा नेपालका प्रमुख व्यापारिक घराना सबैजसोको लगानी छ। उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको हंसराज एण्ड हुलदासचन्दको २.८६ प्रतिशत, एमएस कर्पका अध्यक्ष शशीकान्त अग्रवालको २.१४ प्रतिशत, कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहियाको १.४३ प्रतिशत लगानी छ। यसबाहेक शंकर ग्रुप, इन्फिनिटी होल्डिङ्स, मुरारका ग्रुप, एमभी दुगड ग्रुप, के एल दुगड ग्रुप र आइएमई ग्रुप लगायतको पनि कम्पनीमा लगानी छ।

ताजा समाचार