१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कार बिक्रीमा मर्सिडिज बेञ्ज र बीएमडब्लूलाई समेत पछाडि पार्दै बीवाईडी



चिनियाँ विद्युतीय कार उत्पादक कम्पनी बीवाईडी विश्वका शीर्ष १० कार निर्माता कम्पनीहरूको सूचीमा समावेश हुन सफल भएको छ । कार बिक्री सङ्ख्याको आधारमा बीवाईडी पहिलो पटक यो सूचीमा अटाएको हो । 

बीवाईडीले कार बिक्रीमा मर्सिडिज बेञ्ज ग्रुप र बीएमडब्लूलाई समेत पछाडि पारेको छ । यस वर्षको कार बिक्री ९६ प्रतिशतले वृद्धि गरेको बीवाईडीले सन् २०२३ को पहिलो छ महिनामा १२ लाख ५० हजार विद्युतीय सवारी बिक्री गरिसकेको छ भने अगस्टमा मात्रै दुई लाख ७४ हजार ३८६ सवारी बिक्री गरेको नयाँ रेकर्ड राखेको थियो। 

बीवाईडीले सार्वजनिक गरेको सन् २०२३ को पहिलो अर्धवार्षिक प्रतिवेदन अनुसार कम्पनीले १२ करोड ३५ अर्ब ६६ करोड अमेरिकी डलर आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७२.७२ प्रतिशत बढी हो । 

ताजा समाचार