१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विद्युतीय गाडी सिट्रोनको शोरुम अब चितवन र पोखरामा पनि



नेपालका लागि सिट्रोनको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले चितवन र पोखरामा दुई ओटा नयाँ शोरुम विस्तार गरेको हो छ।पोखराको नयाँ बजारमा खोलिएको नयाँ शोरुम  एसएसएल मोटर्स कम्पनीको रहेको छ भने चितवनको भरतपुर–१०, रिजाल चोकमा रहेको शोरुम ओजोन मोटर्स कम्पनीको रहेको छ । सिट्रोन सन् १९१९ मा स्थापित फ्रान्सेली सवारी निर्माता कम्पनी हो।

यी नयाँ शोरुमहरूमा विद्युतीय गाडी सिट्रोन ईसी.थ्री बिक्रीका लागी राखिएका छन् । यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सिट्रोनका लागि नेपालको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सका सहायक महा प्रबन्धककिरण श्रेष्ठले बिहीवार एक कार्यक्रमबीच पोखरा स्थित शोरुमको उद्घाटन गरेका थिए ।

ताजा समाचार