१२ श्रावण २०८१, शनिबार | July 27, 2024

धमाधम नयाँ-नयाँ विद्युतीय गाडी भित्र्याउँदै चौधरी ग्रुप



नेपालकै ठूलो व्यवसायिक घराना चौधरी ग्रुपले धमाधम नेपाली बजारमा नयाँ-नयाँ ब्राण्डका विद्युतीय गाडी भित्र्याउन निर्माता कम्पनीहरुसँग सम्झौता गरिरहेको छ। यसै साता सीजी मोटर्सले चिनियाँ ब्रान्ड ग्वान्झाओ अटोमोबाइल कर्पोरेसन (जीएसी) को नेपालका लागि आधिकारिक बिक्रेताको सम्झौता गरेको छ। जीएसी हाल चीनको पाँचौं ठूलो अटोमोबाइल कम्पनी हो।
 
कम्पनीले केही दिन अगाडि मात्रै स्मार्ट ब्रान्डको इभी नेपाली बजारमा भित्र्याउन सम्झौता गरेको थियो। कम्पनीसँग यसअघि नै होजनको नेटा, केवाइसी र किङलङका विद्युतीय गाडी नेपालमा बिक्री गर्दै आइरहेको छ।

ताजा समाचार