१२ श्रावण २०८१, शनिबार | July 27, 2024

होण्डाको इलिभेट कार अब नेपाली बजारमा



नेपालमा होन्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले हिजाे (मंगलबार) ललितपुरको धोविघाटस्थित होन्डा शोरुममा होन्डा एलिभेट कारको आगमनको घोषणा गरेको छ । होन्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र थप रु ७५,००० छुट साथै निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको छ ।

होन्डा एलिभेटमा यसको विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पहरूद्वारा हाइलाइट गरिएको डिजाइन छ, जसले गर्दा यो सडकमा फरक देखिन्छ । भित्री आवरणमा यसमा खैरो र कालो रंग गरी दुई–टोनमा उपलब्ध छ भने यसको सिटहरु अत्यन्तै आरामदायी र इनर स्पेस एकदमै फराकिलो रहेको छ।

होन्डा एलिबेटका विभिन्न भेरियन्टहरूको मूल्य यस प्रकार रहेका छन्:

१।५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होन्डा इलिभेट एस.भी.एम.टीको मूल्य ५६ लाख ३५ हजार रूपैयाँबाट सुरु हुन्छ। यसको इलिभेट भी.एम.टीको मूल्य ६० लाख ३५ हजार रूपैयाँ पर्छ।

यस्तै इलिभेट भी.एक्स.एम.टीको सुरुवाती मूल्य ६६ लाख ९५ हजार रूपैयाँ तोकिएको छ। इलिभेट ए.ड.एक्स.एम.टीको सुरुवाती मूल्य ७३ लाख ४४ हजार रूपैयाँ छ। इलिभेट भी.सी.भी.टीको सुरुवाती मूल्य ६५ लाख ७० हजार रूपैयाँ छ।

इलिभेट भी.एक्स.सी.भी.टीको सुरुवाती मूल्य ७१ लाख ९५ हजार रूपैयाँ तोकिएको छ भने इलिभेट ए.ड.एक्स.सी.भी.टीको सुरुवाती मूल्य ७८ लाख ७० हजार रूपैयाँ तोकिएको छ। इलिभेट जेड.एक्स.सी.भी.टी (डीटी) को सुरुवाती मूल्य भने ७९ लाख ४४ हजार रूपैयाँ तोकिएको छ।

ताजा समाचार