१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विद्युतीय सवारीमात्रै चल्ने राइड सेयरिङ एप ‘ईड्राइभ नेपाल’ सुरु



विद्युतीय सवारी साधनलाई मात्र समेटेको राइड शेयरिङ एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । कम्पनीले कुल १४ करोड रुपैयाँ लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरहरूबाट सेवा सुरु गरेको हो ।
 
हाल कम्पनी आफैँले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको र थप एक सयवटा ट्याक्सी सञ्चालन गर्ने तयारी रहेकाले खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवाग्राहीलाई सुरक्षित र वातावारणमैत्री रूपमा गन्तव्यमा पुर्‍याउने ईड्राइभ नेपालको उद्देश्य हो । यसको भाडा दर अन्य राइड सेयरिङ सेवाभन्दा सस्तो रहेको र यसमा वान टाइम पासवर्ड (ओटीपी) प्रणालीको प्रयोग गरिएको छ । सेवाग्राही र चालकबीच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ । त्यस्तै, कम्पनीले आफ्नै ‘फास्ट चार्जिङ स्टेसन’ पनि स्थापना गरेको जनाएको छ ।

ताजा समाचार