४ भाद्र २०८३, बिहीबार | August 20, 2026

यती एयरलाइन्सको २५ सौं बार्षिक उत्सवमा “२५ दिन, २५ टिकट, २५ विजेता” अफर



नेपालको आन्तरिक वायु सेवा प्रदायक कम्पनिहरु मध्यको पुरानो एयरलाइन्स यती एयरलाइन्सले नेपालमा आफ्नो उडानको २५ सौं बर्ष पुरा गरेको छ। कम्पनिले आफ्नो अफिसियल सामाजिक संजाल फेसबुकमा लेखेको छ ” विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्धार तेन्जिङ्ग हिलारी विमानस्थल लुक्लामा मिति (ई.सं) सेप्टेम्वर २१, १९९८ का दिन कल साईन 9N-AEV मार्फत पहिलो उडान सुरुवात गरिएदेखि आज नेपाली आकाशमा उडान भरेको २५ औं बार्षिकोत्सव मनाउने सौभाग्य पाएकोमा हामी हाम्रा सबै यात्रु, सहयात्री, शुभेच्छुक र समर्थकहरूमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै हामी आगामी वर्षहरूमा अझ राम्रो सेवा प्रदान गर्ने वाचा गर्दछौं।”
यसै अवसरमा एयरलाइन्सले “२५ दिन, २५ टिकट, २५ विजेता” अफर सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ। यस अफर अन्तरगत कम्पनिले आफ्नो एयरलाइन्सका प्रयोगकर्ता ग्राहकहरुलाइ आगामी २५ दिन सम्म हरेक दिन एक भाग्यशाली ग्राहकलाई नेपाल भित्रको कुनै पनि उडानको एक तर्फी टिकट निशुल्क प्रधान गर्ने घोषणा गरेको छ। 

ताजा समाचार