१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पोखराको सेती नदिमा सिग्नेचर पुल बन्ने, भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले गरे सिलान्यास



पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ । आज बि. सं २०८० साल, कार्तिक २५ गते सनिबारको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाको उपस्थितिमा एक बिषेश कार्यक्रम बीच आयोजनाको सिलान्यास भएको छ।
‘Extradosed ’ प्रविधिमा आधारित रहेर बन्न लागेको उक्त पुलमा हाल जग निर्माणको काम भइरहेको छ । उक्त पुलको निर्माणको जिम्मा नेपाल कै निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पाएको छ । गत वर्ष २०७९ साल श्रावनको २६ गते ठेक्का सम्झौता भएर भाद्र २२ गतेबाट नै काम सुरु हुनु पर्ने सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो गरी पुल निर्माण सुरु गरिएको हो । निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको छ। निर्माण कम्पनीले सम्झौता अनुसार २०८२ साल भाद्र २१ सम्ममा काम सम्पन्न गरिसक्नु पर्ने छ। “काममा कुनै बाधा आएन भने निर्धारित समयमा नै पुल बन्ने कम्पनीको दावी छ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत बन्न लागेको उक्त पुल भ्याट सहित रु १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय लागतमा निर्माण हुन लागेको हो । निर्माण कम्पनीले जगको काम थालेको छ। हालको पुल जसलाई अहिले चाइना पुलको नामले पनि चिनिन्छ त्यसैको दायाँ बायाँ गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बनेपछि सडक सँगै पुल पानी ६ लेनको हुनेछ ।
गण्डकी प्रदेशको राजधानी र पर्यटकहरुको आत्याधिक चहलपहल हुने पर्यटकिय नगरी पोखरा छिर्ने मुख्य राजमार्गको उक्त पुल साँघुरो हुँदा हाल यो बाटो भएर यात्रा गर्ने यात्रुहरुले अत्याधिक सवारी जामको समस्या भोग्नु परिरहेको छ । सिग्नेचर पुल बनेपछि पर्यटकीय नगरी पोखराको आकर्षण पनि बढ्ने दावी गरिएको छ ।
एक सय ९० मिटर लम्बाईको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने छ र  हाल निर्माण सामग्रीको गुणस्तर परीक्षणको काम पनि अन्तिम चरणमा पुगिसकेको जनाइएको छ। “विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको र देख्दा पनि यो पुल आकर्षक देखिने निर्माण कम्पनीको दावी छ। 

एसियाली विकास बैंकको सहयोगमा पोखरा–मुग्लिन सडकलाई मुख्य गरि चार लेन र बिचमा पर्ने बजार क्षत्रहरूमा ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । सोही आयोजनाअन्तर्गत पोखराको सेती नदि, बिजयपुरा खोला र तनहुँको मादी नदीमा सिग्नेचर पुल बनाउन लागिएको हो ।
के हो सिग्नेचर पुल?
संसारमा त्यस्ता धेरै पुलहरु छन्, जुन यातायातको लागि मात्र नभएर पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छिन् । विभिन्न अमेरिकी, युरोपेली र एसियाकै धेरै देशहरुमा पनि आकर्षक तरिकाले बनाइएका यस्ता पुलहरू पर्यटकका लागि आकर्षणको केन्द्रमा पर्छन् । छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा पनि यमुना नदि माथि सन् २०१० मा निर्माण सुरु गरेर २०१८ मा यस्तै पुल बनाइएको थियो जुन अहिले पुलमा मात्र सिमित न रहेर पर्यटकिय हिसाबले पनि निकै नै महत्वपुर्ण साबित भएको छ। त्यस्तै पश्चिम नेपालको कर्णाली र महाकाली नदि माथी बनेका नयाँ किसिमका पुलहरु पनि हाल पर्यटकिय द्रिस्टिकोणले लोकप्रिय र चर्चित भएका छन्। यीनै कुरालाई ध्यानमा राखेर सरकारले हाल देशै भर अब बन्न लागेका नयाँ पुलहरुलाई पनि त्यस्तै आकर्षक र नयाँ डिजाइन अनुसार बनाउने योजना थालेको थियो ।
नेपाल सरकारको यस्तै सिग्नेचर पुल बनाउने योजना अन्तरगत नै अहिले पोखराको सेती नदि, नारायणी नदि, दमौलीको मादी लगायतका राजमार्ग र राजमार्ग आसपासका शहरी क्षेत्र नजिकका नदिहरुमा पुलहरु बनाउने भएको छ।

ताजा समाचार