३१ जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

विश्व बैंकको ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय



भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उक्त ऋण सहायता अप्पर अरूण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि भनेर दिन लागिएको हो। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) वडापत्र अनुमोदनका लागि संघीय संसदमा पेस गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

ताजा समाचार