राष्ट्रपति रामचन्द्र पौडेलले पौष ३ गते बुधबार भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्ति गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम भारतका लागि डा. शंकरप्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेका हुन् ।
नेपाल जस्तो अस्थिर राजनीति र सरकार भएको देशमा छिमेकी रास्ट्र भारतका लागि नियुक्त हुने राजदूतको भूमिका भारत-नेपाल कुटनैतिक सम्बन्ध र सरकारको काम कारबाहीको लागि पनि निकै महत्वपुर्ण मानिन्छ।
के पी शर्मा ओली प्र.म भए पश्चात उनी पहिलो छिमेकी मुलुक भ्रमणका लागि चीन गएका थिए। यस अर्थमा अहिले भारतका लागि राजदुत नियुक्त हुनुले उनको छिट्टै भारत भ्रमण हुन सक्ने संकेत पनि बुझ्न सकिन्छ।