१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नारायणीमा १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँलागतमा ‘सिग्नेचर ब्रिज’ बन्ने



नारायणी नदीमाथि ‘सिग्नेचर ब्रिज’बन्ने भएको छ । पुल निर्माणका लागि तुन्डी कन्स्ट्रक्सन सँग ठेक्का सम्झौता गरिसकिएको छ । ठेक्का सम्झौता भएको ४ वर्षमा निर्माण सम्पन्न गरिसक्नु पर्ने छ। भरतपुर नगरपालिका वडा नम्बर २६ को घोसरघाटबाट पूर्वी नवलपरासीको पिठौली जोड्नेगरी बन्ने भनिएको ४२० मिटर लामो उक्त पुल निर्माण लागत १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ तोकिएको छ।

पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्यका अनुसार ४ वर्षमध्ये एक वर्षको समय डिजाइन निर्माणका लागि लाग्ने छ भने अरु ३ वर्ष पुल निर्माणको समयावधि हुने छ । नयाँ बन्ने पुल २ लेनको हुने छ । ‘त्यो पुल कर्णालीको पुल जस्तो पनि हुनसक्छ वा बिल्कुलै नयाँ पनि हुन सक्छ’ उनले भने ‘उपयुक्त डिजाइन तयार भएपछि मात्रै कस्तो पुल बन्छ भन्ने थाहा हुन्छ, अहिले डिजाइनको काम भइरहेको छ।’

ताजा समाचार