१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आयल निगमले माग्यो विभिन्न तहमा ३० भन्दा धेरै कर्मचारी



नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँ तह देखि तहविहीनसम्म गरि झन्डै ३० भन्दा धेरै कर्मचारीको लागि निगमले दरखास्त माग गरेको हो । 

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र  दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

ताजा समाचार