४ भाद्र २०८३, बिहीबार | August 20, 2026

१५ औं संस्करणको नाडा अटो सो सम्पन्न, आर्थिक मन्दीको समयमा पनि उत्साहनजक उपस्थिति



चार वर्षको अन्तरालमा आयोजना गरिएको १५ औं संस्करणको नाडा अटो सो सम्पन्न भएको छ। भदौ २६ मा सुरु भएर ३१ मा सकिएको अटो सो’मा ७६ हजार १ सय जनाले अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ। आर्थिक मन्दीको समयमा पनि आगन्तुकको उत्साहनजक उपस्थिति भएको आयोजकको भनाइ छ

मेलामा आउने दर्शकको बढी ध्यान विद्युतीय सवारी र दुईपांग्रे सवारीमा देखिएको नाडाले बताएको छ। अटो सोमा विभिन्न ४५ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका थिए। चाडबाड नजिकिँदै गर्दा आयोजना गरिने अटो सोले अर्थतन्त्रलाई चलायमान बनाउने व्यवसायीहरूको भनाइ छ

टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित नाडा अटो सो २०८० को उद्‌घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । अटो सोमा वित्तीय संस्था, सवारीसाधन, ब्याट्री, टायर, लुब्रिकेन्टलगायतका १२० वटा स्टल थिए। १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र ९ वटा वित्तीय संस्थाका स्टल थिए। 

ताजा समाचार