१३ चैत्र २०८१, बिहीबार | March 27, 2025

नेपालमा थप १५ स्थानमा फास्ट चार्जिङ स्टेसन निर्माण गर्दै बीवाईडी



बीवाईडीले हाल नेपालमा आक्रमक रुपमा आफ्नो बजार बिस्तार गरिरहेको छ र यो ब्राण्डका गाडिहरूले नेपाली बजारमा रामो प्रतिक्रिया पाईरहेका छन्। यसै क्रममा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इङ्कले नेपालका विभिन्न १५ स्थानमा फास्ट चार्जिङ स्टेसन निर्माण गर्ने जनाएको छ । राजधानीमा बीवाईडी डल्फिन सार्वजनिक गर्ने कार्यक्रममा बोक्दै साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले याे वर्षभित्र थप १५ ओटा चार्जिङ स्टेसन थप गर्न लागेको जानकारी दिए ।

उनका अनुसार हाल नेपालका २० ओटा स्थानमा बीवाईडीको फास्ट चार्जिङ स्टेसन सञ्चालनमा छन् । “अहिले हामीसँग २० ओटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा छन्,” उनले भने, “हामी छिट्टै नै २०२३ भित्र थप १५ फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउनेछौं ।”

हाल काठमाडौं, भक्तपुर, ललितपुर, बर्दिबास, इटहरी, विराटनगर, बिर्तामोड, चितवन, हेटौडा, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, पोखरा, बाग्लुङ र डुम्रेमा २० ओटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा छन् भने कम्पनीले २०२३ भित्र भक्तपुर, सुर्खेत, बेनी, बिरगञ्ज, हेटौडा, जनकपुर वा लाहनमा गरि थप १५ ओटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

ताजा समाचार