१२ श्रावण २०८१, शनिबार | July 27, 2024

टीभीएसको प्रिमियम विद्युतीय स्कुटर टीभीएस आईक्युब नेपाली बजारमा सार्वजनिक



टीभीएसको विद्युतीय स्कुटर टीभीएस आईक्युब नेपाली अटो बजारमा सार्वजनिक भएको छ । राजधानीमा जारी नाडा अटो शोका क्रममा उक्त स्कुटर सार्वजनिक गरिएको हो । यससँगै नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) सार्वजनिक गर्नेमा टीभीएस पहिलो भारतीय सवारी निर्माता कम्पनी भएको छ । नेपाली बजारमा स्थापित टीभीएसले विद्युतीय स्कुटर ल्याए सँगै २ पान्ग्रे विद्युतीय सवारी प्रति जनताको अझै बिश्वास बढ्ने बिश्वाश गरिएको छ।

भारतीय बजारमा राम्रो छाप पारिसकेको यो स्कुटरमा आकर्षक किसिमको लुक्स र उत्कृष्ट निर्माण गुणस्तर रहेको छ । यो स्कुटरमा ग्राहकले पाँच आकर्षक कलर भेरियन्ट पाउन सक्छन् । यसमा आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्प डिजाइन गरिएको छ । सिटको मुनी ३२ लिटरको स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्ने ठानिएको छ । साथै यूएसबी चार्जिङ पोर्ट, लामो र चौडा सिट जस्ता विशेषताले यो स्कुटरलाई व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि व्यवहारिक मानिएको छ । 

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटर राखिएको टीभीएस आईक्युबले ७८ किमि प्रतिघण्टाको अधिकतम गति दिनुका साथै ४.२ सेकेन्डमा शून्यबाट ४ ० किमि प्रतिघण्टासम्म एक्सिलेरेसन दिने बताइएको छ । यसमा ३.४ किलोवाट आवर क्षमताको उन्नत प्रविधिमा आधारित लिथियम आयन रसायनका दुई ब्याट्री प्याक  रहेका छन् । यो एक इन्टेलिजेन्ट इन–हाउस बीएमएस (ब्याट्री व्यवस्थापन प्रणाली) को साथमा आउँछ । जसले एक पटकको चार्जमा  १०० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । 

ताजा समाचार