८ माघ २०८१, मंगलवार | January 21, 2025

प्रविधि कम्पनीहरूबीच होडबाजी: च्याटजीपीटीको ‘सोरा’ लाई टक्कर दिन गुगलले ल्यायो ‘भियो २’


Google Veo AI

च्याटजीपीटी निर्माता ओपेनएआईले आफ्नो चर्चित भिडियो जेनरेसन मोडल ‘सोरा टर्बो’ आम प्रयोगकर्तामाझ उपलब्ध गराएको एक हप्ता पनि बित्न नपाउँदै गुगलले आफ्नो भिडियो जेनरेसन टुल ‘भियो २’ बारे घोषणा गरेको छ ।  
 
भियो २ ले फोर के एआई भिडियो सिर्जना गरिदिनसक्ने गुगलले जनाएको छ । यसले भिडियो जेनरेटर टुलमध्ये सबैभन्दा शक्तीशाली मानिएको ‘सोरा’ लाई समेत पछि पार्ने दाबी गरिएको छ । गुगलको एआई रिसर्च कम्पनी डिपमाइन्डले बनाएको भियो २ ले मानिस, जनावर र प्रकृतिका अति-वास्तविक लाग्ने क्लिपदेखि एनिमेटेड भिडियोहरू बनाइदिन सक्छ ।

Open AI Sora

प्रयोगकर्ताहरूले ‘भिडियोएफएक्स’मार्फत भियो २ मा साइन अप गर्न सक्ने गुगलले जनाएको छ । गुगलले सार्वजनिक गरेको ब्लगमा भियो २ ले बनाएका उच्च गुणस्तरका भिडियो क्लिपहरू उदहारणका रूपमा राखिएका छन् । यो टुलले प्राकृतिक र कृत्रिम प्रकाशमा खिचिने भिडियोको फरकपनदेखि फोर के रिजोलुसनसहितको भिडियो बनाइदिनसक्ने उल्लेख गरिएको छ । सोरा टर्बोले भने अधिकतम १०८० पिक्सेल रिजोलुसनमा मात्रै आउटपुट दिन सक्छ ।

ताजा समाचार