१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालमा टिकटक बन्द: टिकटक जस्तै नेपाली भिडिओ शेयरिङ एप ‘रमाइलो’ सार्वजनिक



भिडिओ शेयरिङ प्लेटफर्म टिकटक बन्द भएलगत्तै टिकटकाको विकल्पमा चलाउन सकिने नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ । आइडिया जार डिजिटल कम्पनीले मङ्गलवार याे एप सञ्चालनमा ल्याएको हो ।
टिकटकमा जस्तै रमाइलो एपमा पनि भिडिओ हेर्ने, अपलोड गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, तथा लाइभ बस्न मिल्ने सुविधा रहेकाे कम्पनीले जनाएकाे छ । डिजिटल इन्फ़्लुएन्सर तथा कन्टेन्ट क्रिएटरहरूलाई पनि केही समयपछि कन्टेन्ट र लोकप्रियताका आधारमा निश्चित रकम दिने कम्पनीको योजना रहेको बताइएको छ।
सरकारले टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको बताइरहेको समयमा नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको विश्वास छ । सामाजिक सद्भावमा असर पुर्‍याउने सामग्री लगायतका गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडिओ हटाउने, अकाउन्ट सस्पेन्ड गर्नेदेखि सधैको लागि अकाउन्ट बन्द गरिदिने कम्पनीले बताएको छ ।
यो एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ भने केही दिनमै आईफोन प्रयोगकर्ताहरूले एप स्टोर उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ । यस एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच पाउनेछन् ।

ताजा समाचार