१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल टेलिकमका झन्डै ७ लाख नयाँ प्रयोगकर्ता बढ्दा, एनसेलका भने २.५ लाख प्रयोगकर्ता घटे



देशको दूरसञ्चार नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले देखाएको तथ्याङ्क अनुसार गत चैतदेखि असारसम्मको अवधिमा एनसेलले दुई लाख ५६ हजार ७८० प्रयोगकर्ता गुमाएको छ भने नेपाल टेलिकमका ७ लाख ३२ हजार १०७ नयाँ प्रयोगकर्ता बढेका छन्।

फागुन २०७९ मा एक करोड ३४ लाख ९० हजार १७८ रहेका एनसेल प्रयोगकर्ता असार २०८० सम्म आइपुग्दा घटेर एक करोड ३२ लाख ३३ हजार ३९८ पुगेका छन् । तर सोही अवधिमा नेपाल टेलिकमले भने मोबाइल सेवातर्फ सात लाख ३२ हजार १०७ नयाँ ग्राहक बनाएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । 

उक्त तथ्याङ्क अनुसार नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड तीन लाख ९४ हजार ९५३ पुगेका छन् । त्यस्तै मोबाइल ब्रोडब्यान्ड तर्फको कुरा गर्ने हो भने नेपाल टेलिकमका ग्राहक एक करोड ९० लाख ८८ हजार ४४९ रहेका छन् भने एनसेलका ग्राहकको सङ्ख्या ८९ लाख १४ हजार २६ मात्र रहेको  दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाएको छ। 

ताजा समाचार