१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बझाङमा फेरी गयो ६.३ म्याग्निच्युडको भूकम्प



बुधबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु बनाएर फेरी भुकम्पको कडा धक्का महसुस गरिएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ६. ३ म्याग्निच्युड मापन भएको छ ।भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा र भारतको दिल्ली सम्म समेत महसुस भएको जनाइएको छ ।
 
यसअघि मंगलबार पनि दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ताजा समाचार