१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पुरानै शुल्कमा खुल्यो त्रिवि इन्जिनियरिङको भर्ना, फाराम भर्न तिन दिनको समय



त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले यसअघि शुल्क वृद्धिका कारण स्थगित भर्ना प्रक्रिया सुरु गरेको छ । शुल्क वृद्धि फिर्ता गर्न माग राख्दै लामो समय देखि विद्यार्थीहरु आन्दोलनरत थिए। संस्थानले आइतवार एक सूचना प्रकाशित गर्दै पुरानै शुल्कमा बीई तथा बी आर्कमा स्नातक तहको भर्नाको प्रक्रिया पुनः सुरु गरिएको जानकारी दिएको हो ।

संस्थानका डीन शशीधरराम जोशीले हस्ताक्षर गरेको परीक्षा बोर्डको सूचनामा शैक्षिक सत्र २०८०/०८१ को स्नातक तहका विभिन्न कार्यक्रममा आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना खुलाइएको जानकारी गराइएको छ । प्रवेश परीक्षाको फाराम आज मङ्गलवार देखि तीन दिनसम्म भर्न सकिनेछ ।

ताजा समाचार