१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हेटौंडा सिमेन्टको उत्पादन पुनः सुरु



दुई हप्ताअघि बन्द भएको हेटौंडा सिमेन्ट उद्योगको पुनः उत्पादन बिहीबारदेखि सुरु भएको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरिएपछि उत्पादन सुरु भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।
 
नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएको छ । साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक दस हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

ताजा समाचार