१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बिद्युत प्राधिकरण तार काट्दै हिँड्छ, “क्लासिक टेक” तारको पैसा ग्राहक सँग अशुल्छ। ग्राहकहरू सँधै मारमा ?



कुरा गत आइतबारको हो, पोखराको न्युरोड स्थित एउटा कार्यालयमा जोडिएको इन्टरनेट चलेन। सेवा प्रदायक क्लासिक टेकलाइ लगातार फोन गरे पछि भोलिपल्ट सोमबार बल्ल क्लासिक टेकका टेक्निसियनहरु फिल्डमा आए र बताए “बिद्युत प्राधिकरणले पोल सार्नकोलागि इन्टरनेटको फाइबर तार नै काटिदिएको रहेछ, तार फेर्नु पर्छ।” 
 
तार फेर्नु पर्ने र तारको लागत मूल्य सम्बन्धित ग्राहकले नै बेहोर्नु पर्ने जानकारी कम्पनिका प्रतिनिधि टेक्निसियनहरुले बताए पछि केहि समय कम्पनिका प्रतिनिधि र ग्राहक बीच सामान्य बिबाद नै भयो। तर कम्पनिका प्रतिनिधिहरुले कम्पनिको नियम नै यस्तै रहेको र आँफुहरूले यसमा केहि गर्न नसक्ने बताएपछि बाध्य भएर उक्त तार फेर्दा लागेको रकम ग्राहकले नै बुझाए पछि दुई दिन देखि अवरुद्द इन्टरनेट बल्ल तेश्रो दिन अर्थात मंगलबार मात्र सुचारु भयो। 
 
जताबाट पनि ग्राहकहरू नै मारमा !
यहाँ माथि उल्लेखित ग्राहकको कुनै गल्ती अथवा लापरवाहीले त्यो तार खराब भएको थिएन। तर दुई दिन सम्मको लगातार इन्टरनेट सेवा अवरुद्द त भयो नै उल्टो तार फेर्दा लाग्ने शुल्क पनि सम्बन्धित ग्राहकबाट नै अशुलियो। दुई दिन सम्म इन्टरनेट सेवा नचलेर उक्त कार्यालयको काम कारवाही अवरुद्द हुँदाको घाटाको त कुनै लेखाजोखा नै भएन। यो त एउटा सामान्य प्रतिनिधि घटना मात्र हो, यस्तै प्रकृतिका घटनाहरु दैनिक सयौँ हुन्छन। हरेक केसमा अन्त्यमा ग्राहकहरु नै मारमा पर्ने गर्छन, चाहे त्यो बिद्युत प्राधिकरणको लापरवाहीले होस् अथवा अन्य कुनै निजि सेवा प्रदायकहरुको लापरवाहीले होस्।

ताजा समाचार