१२ श्रावण २०८१, शनिबार | July 27, 2024

च्याट जीपीटीमा अब झनै एड्भान्स फिचर



पसिद्द एआइ टुल च्याट जीपीटीमा अब आवाजको माध्यमबाट कुराकानी गर्न सकिने कम्पनिले जनाएको छ । च्याट जीपीटीको मुख्य कम्पनी ओपन एआईले सोमबार एक ब्लग मार्फत उक्त नयाँ फिचरबारे जानकारी दिएको हो । ओपनएआईका अनुसार अब च्याटजीपीटीले सुन्न, बोल्न र देख्न सक्नेछ । च्याट जीपीटीको यो क्षमता ‘टेक्स्ट टु स्पिच मोडल’ मा आधारित भएको र केही अक्षर तथा नमूना आवाजका आधारमा यसले मानव आवाज निकाल्न सक्ने कम्पनिले जनाएको छ।

अब उक्त टुलमा बोल्न मिल्ने फिचरसँगै चित्रका आधारमा पनि प्रतिक्रिया दिनसक्ने क्षमता रहेकाे कम्पनीकाे भनाइ छ । प्रयोगकर्ताले कुनै पनि चित्र च्याट जीपीटीमा हालेर त्यससँग सम्बन्धित प्रश्न सोध्न सक्नेछन् । यी नयाँ फिचरहरू च्याटजीपीटी प्लस र इन्टरप्राइज सर्भिस लिएका सशुल्क प्रयोगकर्ताहरूले आगामी दुई हप्तापछि मात्र प्रयोग गर्न पाउने कम्पनिले जानकारी दिएको छ।

ताजा समाचार