१२ श्रावण २०८१, शनिबार | July 27, 2024

साओमीले ल्याउँदै छ पानीमा रुझ्दै चलाउन सकिने नयाँ स्मार्टफोन



चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नयाँ “रेड्मी नोट १३  प्राे प्लस” ल्याउने भएको छ । सामाजिक सञ्जाल विबोमा मङ्गलवार एक पोस्ट सार्वजनिक गर्दै कम्पनीका प्रडक्ट डिरेक्टर वाङ तेङ थोमसले रेड्मी नोट १३ सिरिज अन्तर्गत ​आईपी ६८ रेटिङ भएको रेड्मी नोट १३  प्राे प्लस ल्याउन लागेको जानकारी दिएका हुन् ।

वाङका अनुसार धुलो तथा पानीबाट फाेन जोगाउनका लागि सो रेटिङ लागू गर्न लागिएको हो ।यसलाई ३० मिनेटसम्म डेढ मिटर गहिराइमा डुबाउँदा कुनै पनि असर नपर्ने कम्पनिले जनाएको छ । त्यस्तै यो फोनले ‘रेन वाटर’ टच फिचर सपोर्ट गर्ने बताइएको छ। यसको सहायताले फोनलाई पानीमा रुझ्दै प्रयोग गर्न सकिनेछ ।

ताजा समाचार