२ असार २०८१, शनिबार | June 15, 2024

सामसङको फेस्टिभल अफर ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’



सामसङले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ फेस्टिभल अफर घोषणा गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफरको आरम्भ गरेको हो ।

यसअन्तर्गत कम्पनीले सोमबार देखि नै सुरु हुने गरी हरेक दिन एक जनाको दरले आफ्ना २५ जना ग्राहकलाई टीभीएस एनटीओआरक्यू १२५ सीसी स्कुटर उपहार दिने जनाएको छ । सोमवारदेखि सुरु भएको उक्त अफर २५ दिनसम्म सञ्चालन हुनेछ । यो अवधिबीच सामसङको स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने जोकोही यो अफरमा सहभागी हुन सक्नेछन् ।

कसरि सहभागी हुने यो अफरमा?

१. सबैभन्दा पहिलो सर्त भनेको तपाईंसँग सामसङको स्मार्टफोन वा ट्याबलेट हुनुपर्छ ।

२. त्यसपछि सेटिङमा गइ सिरियल नम्बर सर्च गरी वा *#०६# डायल गरी सिरियल नम्बर कपी गर्नुहोस् ।

३. त्यसपछि आफ्नो फोनको एसएमएस बक्समा गएर SAMSUNG टाइप गरी सिरियल नम्बर टाइप गर्नुहोस् (SAMSUNG XXXXXXXXXXX) । अनि ३१००१ मा एसएमएस पठाउनुहोस् ।

४. अब तपाइको मोबाइलमा रजिस्ट्रेसन कन्फर्म भएको एसएमएस आउँछ । कम्पनीका अनुसार स्कुटर जित्ने विजेताको सिरियल नम्बर सामसङको आधिकारिक फेसबुक पेजमा आउनेछ ।

ताजा समाचार