१२ श्रावण २०८१, शनिबार | July 27, 2024

चन्द्रयान-३ र आदित्य-एल १ को सफल प्रक्षेपणपछि भारतमा समुन्द्रयान परियोजना सुरु



चन्द्रयान-३ र आदित्य- एल १ को सफल प्रक्षेपणपछि भारतले समुन्द्रको अध्ययनका लागि समुन्द्रयान परियोजना सुरु गर्ने भएको छ । सोमबार भारतका अर्थ साइन्स मन्त्री किरेन रिजिजुले भारतले समुन्द्रको अध्ययनका लागि तीन जना यात्री सहित ‘समुन्द्रयान’ नाम दिइएको पनडुब्बी परियोजना अगाडि बढाउन लागेको घोषणा गरेका छन् ।

मन्त्रीले सामाजिक संजाल एक्समार्फत ‘मत्स्य ६०००’ नामको पनडुब्बीको तस्वीरहरू सार्वजनिक गर्दै सो पनडुब्बीले सामुन्द्रको गहिराईमा पुगेर अन्वेषण गर्ने उल्लेख गरेका छन् । उक्त पनडुब्बी समुन्द्र सहतको ६००० मिटर गहिराइ सम्म जानेछ । मन्त्री रिजिजुका अनुसार सो पनडुब्बी चेन्नाईमा रहेको नेसनल इन्स्टिच्युट अफ ओसन टेक्नोलोजीले विकास गरिरहेको छ ।

ताजा समाचार