१२ श्रावण २०८१, शनिबार | July 27, 2024

के-के नयाँ छन् त, आईफोनको आईओएस १७ अपडेटमा



एप्पलले आफ्नो प्रोडक्ट आइफोनमा आधिकारिक रूपमा सोमबार आईओएस १७ सार्वजनिक गरेको छ। विभिन्न आकर्षक फिचर सहित एप्पलले आईओएस १७ को पूर्ण भर्सन सार्वजनिक गरेको जनाईएको छ। यसअघि गत जेठमा एप्पले परीक्षणका लागि यसको बेटा भर्सन उपलब्ध गराएको थियो । तर अब भने एप्पले पाँच वर्ष पुराना आईफोनमा समेत अपडेट गर्न मिल्ने गरी आईओएस १७ जारी गरेको छ ।

कम्पनीले आफ्ना विभिन्न एप तथा सर्भिसमा विभिन्न नयाँ र पहिलेका फिचरलाई थप परिस्कृत बनाएर उपलब्ध गराएको छ । आउनुहोस आईओएस १७ मा उपलब्ध भएका विभिन्न फिचरबारे चर्चा गरौँ।

स्ट्यान्डबाई मोड

एप्पलले आईओएस १७ मा स्ट्यान्डबाई फिचर थप गरेको छ । यो फिचर एप्पल वाचको नाइटस्ट्यान्ड मोड जस्तै हो । यो फिचर इनेबल गर्दा फोन चार्जिङको अवस्थामा हुँदा पनि लकस्क्रिनमा एकै पटक क्यालेन्डर, समय, मौसमको विवरण र अन्य गतिविधिको नोटिफिकेसन हेर्न सकिन्छ । कम्पनीले आईफोन १४ प्रोमा ‘अल्वेज अन डिस्प्ले’ को रुपमा यो फिचर दिएको छ ।

लाइभ भ्वाइस मेल 

आईओएस १७ मा एप्पलले लाइभ भ्वाइस मेल सुविधा उपलब्ध गराएको छ । तर कम्पनीले यो फिचर केही सीमित क्षेत्रका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराउन लागेको छ । प्रयोगकर्ताले लाइभ भ्वाइस मेल गरेर पठाएको सन्देश कलस्क्रिनमा मेसेजको रूपमा पढ्न सकिन्छ ।

कन्ट्याक्ट पोस्टर

आईओएसको फोन एपमा नयाँ अपडेटसँगै प्रयोगकर्ताले कन्ट्याक्ट पोस्टर बनाउन सक्ने भएका छन् । यो फिचर प्रयोग गरी प्रयोगकर्ताले आफ्नो कन्ट्याक्टमा भएका अन्य व्यक्तिलाई आफ्नो प्रोफाइल फोटो सहितको पोस्टर पठाउन सक्नेछन् । पोस्टरमा प्रयोगकर्ताले आफ्नो फोटो, ईमोजी र कस्टुमाइज फन्ट राख्न सक्नेछन् । 

फोन एन्ड फेसटाइम एप

नयाँ अपडेटसँगै आईओएसको फोन तथा फेसटाइम एपमा नयाँ परिवर्तन आएको छ । यससँगै तपाईंले कुनै पनि व्यक्तिलाई फोन गर्दा उसको कन्ट्याक्ट पोस्टर देखिने बनाउन सक्नुहुन्छ ।

त्यस्तै कसैलाई कल गर्दा उक्त कल धेरै महत्त्वपूर्ण छ भन्नका लागि भ्वाइस मेल पनि पठाउन सक्नुहुन्छ । त्यस्तै फेसटाइमले अडियो तथा भिडिओ मेसेज सपोर्ट गर्ने बताइएको छ । त्यसबाहेक पनि भ्वाइस मेलजस्तै फेसटाइमले फेसटाइम भ्वाइस मेल सपोर्ट गर्नेछ । 

यस्ता फिचर सँगै एप्पलले आफ्नो किबोर्ड, फोटोज र क्यामेरा, म्याप्स, एयरड्रप, सफारी, म्युजिक एप, नोट्स र रिमाइन्ड लगायतमा पनि ब्यापक सुधार ल्याएको छ। 

ताजा समाचार