१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अब कुरिलोको स्वादमा सोल्टी चाउचाउ



चौधरी ग्रुप अन्तर्गतको सिजी फुड्स नेपालले नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ बजारमा ल्याएको छ।कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउले नयाँ र फरक स्वाद खोज्ने ग्राहकहरुको मन जित्ने कम्पनीले विश्वास लिएको छ।

बहुउपयोगी र स्वस्थका हिसाबले उत्तम मानिने कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छ। साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो। कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउभन्दा पृथक रहेको कम्पनीको भनाइ छ। 

ताजा समाचार