१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्रेसन खुला



कम्प्युटर एसोसिएन नेपाल महासंघको आयोजनामा आगामी भदौ ३१ मा हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’ का लागि रजिस्ट्र्रेसन खुला गरिएको छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो । नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइट (nepalblockchainconclave.com) मा गएर कार्यक्रमकालागि रजिस्ट्रेसन गर्न सकिने क्यानले जनाएको छ । कन्क्लेभको रजिस्ट्र्रेसन शुल्क विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ तोकिएको छ ।

ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच एकै छातामुनि वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय स्तरको कन्क्लेभ आयोजना गर्न लागिएको हो । कन्क्लेभको सह-आयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।

कन्क्लेभमा विभिन्न ६ देशबाट प्रमुख बक्ताहरू आउने तय भएको क्यानले जानकारी दिएको छ । त्यस्तै कन्क्लेभमा नेपाल राष्ट बैंक सहित प्रमुख बैंक तथा वित्तीय संस्थाहरू, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनीहरू, फिनटेक कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता रहने छ। 

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीको क्षेत्रमा रहेका असमझदारी हटाई व्यावसायिक रूपमा यस क्षेत्रको विकास र विस्तार गर्ने, जनशक्तिलाई प्रोत्साहन गर्ने, ब्लकचेनमा आधारित अवसरहरूको पहिचान गर्ने र उद्योगमैत्री नीति तर्जुमा गर्न राज्यलाई सघाउने अपेक्षा गरिएको छ ।

ताजा समाचार