१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ ल्याउने



पोखराको लेकसाइडमा पाँचतारे होटेल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ ल्याउने भएको छ। बाराही सेदीले जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ताको साधारणस सेयर निष्कासन गर्नेछ। 

यो होटेलले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बाराही सेदीका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्।

विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही ग्रुपले यस बाराही सेदीको अलावा पोखराकै लेकसाइडमा होटेल बाराही, काठमाण्डौको ठमेलमा होटेल बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ। बाराही ग्रुपले होटेल आवास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाइडमा द ब्यञ्जन रेस्टुरेन्ट र खपौदीमा द बिच रेस्टुरेन्ट पनि सञ्चालन गरिरहेको छ। त्यस्तै पोखरामा आउने पर्यटकलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भइरहेको छ।

ताजा समाचार